logo
२०८१ जेष्ठ ५ शनिवार



फ्रान्समा आगलागीमा सात जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


फ्रान्समा आगलागीमा सात जनाको मृत्यु
सांकेतिक तस्बिर


पेरिस, फागुन ३ गते । दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले सोमबार बताएका छन् ।

फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो ।

आगो भुइँतलामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरूमा फैलिदा कम्तिमा ११ अपार्टमेन्टहरूलाई असर गरेको थियो ।

आगलागीमा परी करिब ३० जना घाइते भएको बताइएको छ । मन्त्रीका अनुसार घटनाबारे अनुसन्धान थालिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?