logo
२०८१ मंसिर ८ शनिवार



बेलायती कूटनीतिज्ञ रिचर्ड मोरिसले आत्महत्या गरेको निष्कर्ष

अन्तर्राष्ट्रिय |


बेलायती कूटनीतिज्ञ रिचर्ड मोरिसले आत्महत्या गरेको निष्कर्ष


एजेन्सी। ब्रिटेनको कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक कूटनीतिज्ञले ‘गम्भीर तनाव’ का कारण आत्महत्या गरेको अदालती न्यायिक अनुसन्धानले देखाएको छ।

रिचर्ड मोरिसको शव बेन्ट्ली ह्याम्पसीअरस्थित आफ्नै घरनजिकै अगस्ट २०२० मा फेला परेको थियो। मोरिस, ५२, उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिनुभएको थियो।

उहाँले दैनिक लामो समयसम्म काम गर्नुपरेको, यूकेले कोरोना भाइरसको महामारीको शक्तिशाली पहिलो लहरको सामना गरिरहँदा उहाँले मन्त्रीहरूलाई दिने बिफ्रिङ्गको समन्वय गर्नु परिरहेको उक्त सुनुवाइलाई जानकारी गराइएको थिए।

मङ्गलवार उक्त सुनुवाइको अध्यक्षता गरिरहेका कोरोनरले मोरिसले यूकेको विदेश मन्त्रालयमा काम गर्दा तनाव बेहोरेपछि भविष्यका चिन्ताका माझ आफ्नो ज्यान आफैँ लिएको ठहर गरेका बीबीसीले जनाएको छ।

वरिष्ठ कोरोनर क्रिश्टोफर विल्किन्सनले भन्नुभयो, ‘रिचर्ड मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आफ्नो ज्यान आफैँ लिए।’

‘रिचर्डले वृहत् कार्यदल र एफसीडीओले एकदमै द्रुत रफ्तारमा फैलिरहेको महामारीको अप्ठेरो परिस्थितिमा काम गरिरहेको म बुझ्न सक्छु’, उहाँले थप भन्नुभयो।

उहाँका सहकर्मीहरूले उहाँ साँच्चै नै मानिसहरूमा रुचि राख्ने र भाषाको अवरोध हुँदासमेत उहाँमा दया र करुणा प्रस्ट झल्कने गरेको बताएका छन्। रासस एफपी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?