logo
२०८१ बैशाख २३ आईतवार



फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका तीन सैनिकको मृत्यु

अन्तर्राष्ट्रिय |


फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका तीन सैनिकको मृत्यु


मनिला, फागुन ६ गते । मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

वायुसेनाले स्थानीय समय अनुसार बिहान ३ बजे (१९०० जीएमटी) केही समय अगाडि दुर्घटना हुँदा कारमा चार सैनिक रहेको बताएको छ । ‘दुर्घटनामा फिलिपिन्स वायुसेनाका चारजना कर्मचारी थिए । तीन जनाको मृत्यु भएको पुष्टि भएको छ,’ सैनिकले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालकको राजधानी क्षेत्रको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो घटना के कारणले भयो भन्ने परिस्थितिको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन,’ वायुसेनाले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?