logo
२०८१ बैशाख २२ शनिवार



बङ्गलादेशले कोभिडविरुद्धका प्रतिबन्धहरु नलम्ब्याउने

अन्तर्राष्ट्रिय |


बङ्गलादेशले कोभिडविरुद्धका प्रतिबन्धहरु नलम्ब्याउने


ढाका, फागुन ९ गते । बङ्गलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ । यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिनुभएको हो । उहाँले अब बङ्गलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरुको समय नथप्ने जानकारी दिनुभएको हो ।

बङ्गलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्धहरु लगाएको थियो । विद्यालय, विश्वविद्यालयदेखि होटलहरु बन्द गर्नेदेखि लिएर सार्वजनिक स्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्ध लगाइएको छ ।

ती प्रतिबन्धको समय यही फेब्रुअरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको जानकारी उहाँले दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?