logo
२०८१ बैशाख २२ शनिवार



भारतमा १३ हजार ४०५ कोरोनाका नयाँ सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा १३ हजार ४०५ कोरोनाका नयाँ सङ्क्रमित


नयाँदिल्ली, फागुन १० गते । भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ५१ हजार ९२९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ३४ हजार २२६ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड २१ लाख ५८ हजार ५१० जना सङ्क्रमणमुक्त भएका छन् ।

अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख २ हजार १३१ रहेको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २३५ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १२ हजार ३४४ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?