logo
२०८१ बैशाख २२ शनिवार



लिबियाका प्रधानमन्त्रीले जुनमा चुनाव गराउने योजना

अन्तर्राष्ट्रिय |


लिबियाका प्रधानमन्त्रीले जुनमा चुनाव गराउने योजना


त्रिपोली, फागुन १० गते । लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबहाले सोमबार जुनमा आम चुनाव गराउने योजना घोषणा गर्नु भएको छ । “जनताको विश्वास फिर्ता गर्ने योजनाले सबै विद्यमान (राजनीतिक) निकायहरू, विशेष गरी राष्ट्रिय एकताको सरकारको अन्त्य गर्नेछ, “डबेबाहले टेलिभिजन भाषणमा भन्नु भएको छ ।

“म निर्वाचनमार्फत (कार्यालय) हस्तान्तरण गर्छु, अराजकतामा हात हाल्ने कुरा स्वीकार गर्दिन। निर्वाचन मात्र समाधान हो,’’ उहाँ भन्नु भएको छ । प्रतिनिधिसभाले भर्खरै पूर्व गृहमन्त्री फाथी बाशाघालाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको थियो । निर्वाचित सरकार नबनेसम्म आफू पदमै रहने दबेबाहले बताउनु भएको छ ।

लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम निर्वाचन हुने भनिएको थियो तर प्राविधिक र कानुनी समस्याका कारण अनिश्चितकालका लागि स्थगित गरिएको देशको निर्वाचन आयोगले जनाएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?