logo
२०८१ बैशाख २५ मंगलवार



दक्षिण कोरियामा ५-११ वर्षसम्मका बालबालिकालाई पनि खोप दिइने

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियामा ५-११ वर्षसम्मका बालबालिकालाई पनि खोप दिइने
तस्विर-फाइल


सोल, फागुन ११ गते । दक्षिण कोरियामा ५-११ वर्षसम्मका बालबालिकाहरुलाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाइने भएको छ । देशको औषधि सुरक्षा सम्बन्धी निकायले उनीहरुलाई खोप लगाउन अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि बालबालिकालाई सुरक्षित राख्नका लागि खोप लगाउने निर्णय गरिएको हो । १२ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि नै खोप लगाउन अनुमति दिइएको थियो । तीन हप्ताको अन्तरमा बालबालिकाहरुलाई दुई खोप दिइने भएको छ ।

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख ७१ हजार ४५२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?