logo
२०८१ मंसिर ८ शनिवार



चेर्नाेबिल आणविक भट्टी रुसी सेनाकाे कब्जामा

अन्तर्राष्ट्रिय |


चेर्नाेबिल आणविक भट्टी रुसी सेनाकाे कब्जामा


काठमाडाैं, फागुन १३ गते । युक्रेनको चेर्नाेबिल आणविक भट्टीलाई रुसी सेनाले कब्जामा लिएको छ । युक्रेनी राष्ट्रपतिको कार्यालयका सल्लाहकार मिखाइल पोडोल्याकले दिनुभएको जानकारीअनुसार रुसी सेनाले आणविक भट्टीलाई कब्जामा लिएको हो ।

अत्यधिक मात्रामा उक्त क्षेत्रमा रुसी आक्रमण भएकाले उक्त भट्टी पूर्णरुपमा सुरक्षित छ भन्ने बारे यकिनसाथ भन्न नसकिने उहाँले बताउनुभयो ।
‘यो युरोपकै लागि एउटा सबैभन्दा बढी संवेधनशील सुरक्षा खतरा हो’ उहाँले बताउनुभयो ।

रुसी सैनिक स्रोतका अनुसार न्याटो सैनिक गठबन्धनले शस्त्रास्त्रद्वारा प्रत्याक्रमण नगरून् भन्ने सन्देश दिनका लागि उक्त भट्टीलाई नियन्त्रणमा लिएको रोयर्टस् समाचार संस्थाले जनाएको छ ।

सन् १९८६ मा सोभियत सङ्घमा युक्रेन रहँदा यस भट्टीमा परमाणविक दुर्घटना हुँदा विकिरणका कारण धेरै जनधनकाे क्षति भएकाे थियो ।
केही दशकपछि यस क्षेत्रलाई युक्रेनले पर्यटकीय स्थलमा परिणत गरेको थियो । रुसी आक्रमण हुनुभन्दा केही हप्ताअघि मात्र पर्यटकका लागि याे भट्टी बन्द गरिएको हो ।

युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्सीले रुसी सेनाले कब्जा गर्नुपूर्व एक ट्वीट गर्नुहुँदै सन् १९८६ को जस्तो दुर्घटना हुनबाट जोगाउन युक्रेनी सेनाले आफ्नो ज्यान हत्केलामा राखेर सामना गरिरहेको बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?