logo
२०८१ बैशाख २५ मंगलवार



इन्डोनेसियामा भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते

अन्तर्राष्ट्रिय |


इन्डोनेसियामा भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते
तस्विर-फाइल


जाकर्ता, फागुन १४ गते । शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ । सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए । शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्याएको बताइएको छ ।

यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारीनुसार यो भूकम्प ६.१ रेक्टर स्केलको छ । सो क्षेत्रमा पछि पनि पराकम्पनहरु आइरहेकाले नागरिकहरुलाई सुरक्षित भएर बस्न भनिएको छ ।

यहाँका करिब पाँच हजार जना नागरिकलाई घरबाट उद्धार गरेर आश्रयस्थलमा राखिएको छ । प्रारम्भिक रुपमा ३५ ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ ।

क्षतिको पूर्ण विवरण आइपुगेको छैन । प्रारम्भिक रुपमा गरिएको अनुमानमा अरु केही मानिसहरु घाइते भएको अनुमान गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?