logo
२०८१ मंसिर ८ शनिवार



युक्रेनबाट २१९ जना भारतीय विद्यार्थीहरु सकुशल मुम्बईमा उद्धार

अन्तर्राष्ट्रिय |


युक्रेनबाट २१९ जना भारतीय विद्यार्थीहरु सकुशल मुम्बईमा उद्धार


काठमाडाैं, फागुन १५ गते । युक्रेनमा अध्ययनरत भारतीय विद्यार्थीहरु सकुशल मुम्बई पुगेका छन् । रुसले केही दिनअघि युक्रेनमा आक्रमण गरेपछि त्यहाँ फसेका २१९ जना विद्यार्थीलाई एयर इन्डियाले मुम्बाईमा हिजो राति ल्याएको थियो ।

रुसी सेना युक्रेनको जाहोनी भन्ने स्थानमा पुग्न लागेको खबरपछि त्यहाँबाट छिमेकी देश हङ्गेरीमा ती विद्यार्थी पुगेका थिए । केही विद्यार्थी भारतीय राजधानी दिल्लीमा चाँडै पुग्ने विश्वास गरिएको भारतीय मिडियाले जनाएका छन् ।

केन्द्रीय मन्त्री पीयूष गोयरले मुम्बई एयरपोर्टमा पुगेर ती विद्यार्थीलाई स्वागत गर्नुभएको थियो । उहाँले युक्रेनमा फसेका विद्यार्थीहरुलाई भारत सरकारले चाँडै उद्धार गर्ने विषयमा सन्देश पठाउन आह्वान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?