logo
२०८१ बैशाख २५ मंगलवार



युरोपेली सङ्घद्वारा रुसका उडानमाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय |


युरोपेली सङ्घद्वारा रुसका उडानमाथि प्रतिबन्ध
तस्विर-फाइल


ब्रसेल्स, फागुन १६ गते । युरोपेली सङ्घले सबै युरोपेली देशका आकाशमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले रुसका सबै प्रकारका उडानहरुलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ– हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपेली देशका आकासमा बन्द गराएका छौँ । रुसी सैनिक अपरेसनका कारण धेरै विमानहरु एडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभएको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ ।यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयाङ्करहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपेली सङ्घले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?