logo
२०८१ मंसिर ८ शनिवार



६५ किलोमिटरकाे लाम लागेर रुसी सेनाको टोली राजधानी किभतर्फ बढ्दै

अन्तर्राष्ट्रिय |


६५ किलोमिटरकाे लाम लागेर रुसी सेनाको टोली राजधानी किभतर्फ बढ्दै


काठमाडौं, फागुन १७ गते । रुस–युक्रेनबीच बेलारुसमा शान्तिवार्ता भैरहने पनि रुसी सेना युक्रेनी राजधानी किभतर्फ बढिरहेका छन् ।

हिजो करिब तीन माइल बन्दोबस्तीसहित रुसी बख्तरबन्द गाडीहरु त्यसतर्फ बढिरहेको समाचार आए पनि अहिले भर्खरै सार्वजनिक भएको स्याटलाइट तस्बिरअनुसार ४० माइल (६५ किलोमिटर) भन्दा बढी लामो लाइन रहेको बताइएको छ ।

बेलारुसको सीमाबाट राजधानी किभको उत्तरपश्चिमतर्फ रुसी सेना अगाडि बढिरहेको समाचार अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको हो ।
राजधानी किभको उत्तरपश्चिमतर्फका बाटाहरु सबै दक्षिण बेलारुसमा गएर टुङ्गिन्छ ।

युक्रेनमाथि आधिपत्य जमाउनको लागि रुसले अत्यधिक मात्रामा सेनालाई बेलारुसमा तैनाथ गरेकाे छ ।

बेलारुस र रुसको संयुक्त सैन्य अभ्यास भन्दै केही हप्ताअघि रुसका सैन्य विमान, हेलिकप्टर, बख्तरबन्द गाडी, ट्ंयाकलगायतका बेलारुसमा जम्मा पारिएको थियो । अभ्यास सम्पन्न भए पनि रुसी सेना रुसमा फर्केनन् ।

राजधानी किभलाई कब्जा गर्न रुसी सेनालाई सहज बनाउन बेलारुस र युक्रेनको सीमा रहेको प्रीपयाट नदीमा रुसले पोन्टुन पुलसमेत बनाएकाे छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?