logo
२०८१ असोज ४ शुक्रवार



खानीमा भएको विस्फोटमा परी १३ को मृत्यु

अन्तर्राष्ट्रिय |


खानीमा भएको विस्फोटमा परी १३ को मृत्यु
तस्विर-फाइल


बोगाेटा, फागुन १७ गते । कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइलाखानीमा शनिबार विस्फोट भएको थियो ।

सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या १३ पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो । खानीभित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?