logo
२०८१ बैशाख १८ मंगलवार



श्रीलङ्काद्वारा रुस र युक्रेनका पर्यटकको भिसा अवधि थप

अन्तर्राष्ट्रिय |


श्रीलङ्काद्वारा रुस र युक्रेनका पर्यटकको भिसा अवधि थप


कोलम्बो, फागुन १७ गते । श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिसाको म्याद थप्ने निर्णय गरेको छ । उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिसाको अवधि दुई महिना थप गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिले रुस र युक्रेनका बीचमा युद्ध भइरहेको छ । युद्धका कारण युक्रेनमा रहेकाहरु पनि सकेसम्म अन्य देशतर्फ जाने गरेका छन् । सरकारी अधिकारीहरुका अनुसार श्रीलङ्कामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटक रहेको जनाएका छन् । तीमध्ये ११ हजार ४६३ जना रुसका पर्यटक छन् भने तीन हजार ९९३ जना युक्रेनका छन् ।

श्रीलङ्काको पर्यटन मन्त्रालयको प्रस्तावलाई मन्त्रीपरिषद्ले सोमबार बेलुका पारित गरेको अधिकारीहरुले जनाएका छन् । सरकारको निर्णयबाट लाभान्वित हुने रुस र युक्रेनका पर्यटकले खुशी पनि व्यक्त गरेको समाचारमा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?