logo
२०८१ मंसिर ८ शनिवार



४९८ रुसी सेना, दुईहजार ८७० युक्रेनी सेना मारिएको रुसको भनाइ

अन्तर्राष्ट्रिय |


४९८ रुसी सेना, दुईहजार ८७० युक्रेनी सेना मारिएको रुसको भनाइ



काठमाडौं, फागुन १९ गते । रुस–युक्रेनमा युद्धमा ४९८ रुसी सेना मारिएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
युक्रेन आक्रमणको आठौं दिनसम्म युक्रेनमा हमला गर्न गएका एक हजार ५९७ जना रुसी सेना घाइते भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक गरिएको छ ।

रक्षामन्त्री इगोर कोनासेन्कोभले रुसी सेनालाई गुमराहमा राख्न नियोजित ढंगले युक्रेनले अस्वाभाविक रिपोर्ट सार्वजनिक गरेको भन्दै सो रिपोर्ट अस्वीकार गर्नुभयो ।

यता, युक्रेनले आक्रमणमा आएका धेरै रुसी सेनाको ज्यान गएको बताएको थियो भने मस्कोले हताहती भएको स्वीकार गरे पनि संख्या नबताएको अलजजिराले उल्लेख गरेको छ ।
प्रवक्ताका अनुसार दुई हजार ८७० युक्रेनी सेनाको ज्यान गएको र तीनहजार सातसय घाइते भएको जनाएको छ । यस्तै, ५७२ युक्रेनी सेनालाई बन्धक बनाएको छ ।

सो विषयमा युक्रेनी अधिकारीले रुसी दाबीबारे कुनै प्रतिक्रिया नजनाएका कारण स्वतन्त्र पुष्टि भएको छैन ।

उता, युक्रेनी राज्य आपतकालीन सेवाले दुई हजारभन्दा बढी सर्वसाधारण युक्रेनी जनता रुसी आक्रमणमा मारिएको दाबी गरे पनि पुष्टि हुन बाँकी छ ।
संयुक्त राष्ट्र संघको मानवअधिकार आयोगले १३ बालबालिकासहित १३६ जना सर्वसाधारण युक्रेनी जनता मारिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?