काठमाडौं, फागुन २१ गते । युद्धग्रस्त क्षेत्रमा फसेका युक्रेनी नागरिकलाई सुरक्षित क्षेत्रमा जानको लागि रुसले कब्जामा लिएको दक्षिण पूर्वी शहरहरू मेरिपोल र भोल्नोभाखामा आंशिक युद्धविराम गरेको बीबीसीले जनाएको छ ।
युक्रेनमाथि दश दिनदेखि जारी रुसी आक्रमणमा परेर मारिने डरले यसअघि नै १२ लाख शरणार्थी छिमेकी देशमा पुगिसकेका छन् ।
युक्रेनका मागमाथि रूसी सेनाले स्थानीय समय अनुसार बिहान ९ बजेदेखि शुरू भएकाे छ ।
–रूसी सेनाकाे नियन्त्रणमा रहेकाे भूभागहरू
शुक्रबार बसेको दोश्रो चरणको शान्तिवार्तामा देश छाड्न चाहने युक्रेनी जनतालाई द्वन्द्वगस्त इलाकाबाट सुरक्षित रुपमा छिमेकी देशसम्म सहज रुपमा पु¥याउन दुई देशबीच सहमति भएको थियो ।