काठमाडौं, फागुन २३ गते । रुसले विभिन्न युक्रेनी शहरमा फसेका गैरसैनिक व्यक्तिहरुलाई शहर छोड्नको लागि युद्धविराम गरेको छ ।
सोमबार रुसले विभिन्न युक्रेनी शहरमा फसेका गैरसैनिक व्यक्तिहरुलाई शहर छोड्नको लागि नयाँ मानवीय कोरिडर खुला गर्ने बताएको बीबीसीले जनाएको छ ।
युक्रेनको स्थानीय समय अनुसार बिहान १० बजेदेखि युद्धविराम शुरु हुने रुसी रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
राजधानी किभ, खार्किभ, मारिपोल, सुमीलगायतका शहरहरु छाड्ने गैरसैनिक व्यक्तिहरुको लागि सहजताको लागि मानवीय कोरिडर खुला गरिएको हो ।
यी शहरहरुमा रुसी सेनाले भीषण आक्रमण गरिरहेकाे छ । ती शहरमा अत्यधिक मात्रामा भौतिक क्षतिदेखि मानवीय क्षति भैरहेको छ ।
रुसले युद्धविरामसम्बन्धी धारणा सार्वजनिक गरे पनि युक्रेनले सो बारे केही खुलाएको छैन ।
एकहप्ताभित्र मरिपोलबाट गैरसैनिक व्यक्तिहरु शहर छाड्ने गरी आंशिक युद्धविराम भए पनि दुबैतर्फका गोलाबारीका कारणले भङ्ग भएको थियो ।