logo
२०८१ बैशाख १८ मंगलवार



चीनभित्रै थप २१४ कोरोना सङ्क्रमित भेटिए

अन्तर्राष्ट्रिय |


चीनभित्रै थप २१४ कोरोना सङ्क्रमित भेटिए


बेइजिङ, फागुन २३ गते । चीनभित्रै कोरोना भाइरसका सङ्क्रमितहरु थप सङ्ख्यामा भेटिन थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि सङ्क्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुका अनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ सङ्क्रमित देखिएका हुन् ।

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले सोमबार दिएको जानकारीअनुसार चीनमा आइतबार मात्र २१४ जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो ।

यहाँका हेबेइ, ग्वांगोग र जिलिनमा ती सङ्क्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।चीनको नेशनल हेल्थ कमिसनले उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढेको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?