काठमाडौं, फागुन २५ गते । रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभ र युक्रेनी समकक्षी डिमिट्रो कुलेबाबीच टर्कीमा भाेलि भेटवार्ता हुने भएको छ ।
युक्रेनमाथि रुसी सेनाले आक्रमण गरेपछि दुई देशका उच्चस्तरीय अधिकारीबीच पहिलो पटक भेटवार्ता हुन गएको रुसी विदेश मन्त्रालयले पुष्टि गरेको हो ।
लाभ्रोभले एन्टालियमा हुने अन्तराष्ट्रिय कूटनीतिक फोरममा भाग लिन त्यहाँ पुग्नुहुँदा दुई देशका समकक्षीबीच भेटवार्ता हुने कार्यक्रम छ ।
बुधबार बिहान रुस सरकारको आरआईए समाचार संस्थाबाट प्रकाशित भएको समाचार रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाका अनुसार टर्कीका विदेशमन्त्री मेभ्लुट काभुसोग्लुसहित त्रिपक्षीय वार्ता हुनेछ ।
मार्च ११ मा हुने उक्त फोरममा भाग लिन पुग्न हुने रुसी र युक्रेनी विदेशमन्त्रीबीच मार्च १० गते भाेलि नै वार्ता हुने कार्यक्रम तय गरिएको छ ।
बीबीसीका अनुसार रुस र युक्रेनबीचको भएका यसअघिका शान्तिवार्तामा कुनै परिणाम नआएकाले यो भेटघाट चुनौतीपूर्ण छ ।