logo
२०८१ बैशाख २३ आईतवार



चीनमा थप २३३ कोरोना सङ्क्रमित भेटिए

अन्तर्राष्ट्रिय |


चीनमा थप २३३ कोरोना सङ्क्रमित भेटिए


बेइजिङ, फागुन २५ गते । चीनमा केही दिनयता कोरोनाभाइरसका सङ्क्रमितहरु थप सङ्ख्यामा भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि सङ्क्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार मंगलबार मात्र चीनमा कोरोना भाइरसका २३३ जना नयाँ सङ्क्रमित देखिएका हुन् ।

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मंगलबार मात्र २३३ जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो ।

यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा सङ्क्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?