काठमाडौं, फागुन २६ गते । रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभ युक्रेनका समकक्षी डिमिट्रो कुलेबाबीच भेटवार्ता गर्न टर्कीमा पुग्नुभएको छ । फेबु्ररी २४ तारिखदेखि युक्रेनमाथि रुसी सेनाले आक्रमण गरेपछि दुई देशका उच्चस्तरीय अधिकारीबीच पहिलो पटक भेटवार्ता गर्न उहाँ त्यहाँ पुग्नुभएको अलजजिराले उल्लेख गरेको छ ।
लाभ्रोभले एन्टालियमा हुने अन्तराष्ट्रिय कूटनीतिक फोरममा भाग लिनुभन्दा एकदिन अघि दुई देशका समकक्षीबीच भेटवार्ता हुने कार्यक्रम तय गरिएको हो ।
बुधबार बिहान रुस सरकारको आरआईए समाचार संस्थाबाट प्रकाशित भएको समाचार रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाका अनुसार टर्कीका विदेशमन्त्री मेभ्लुट काभुसोग्लुसहित त्रिपक्षीय वार्ता हुने बताइएको छ ।