logo
२०८१ बैशाख २३ आईतवार



चीनमा कोरोना सङ्क्रमित बढ्दै

अन्तर्राष्ट्रिय |


चीनमा कोरोना सङ्क्रमित बढ्दै


बेइजिङ, फागुन २६ गते । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो सङ्ख्या बढेको बताएका हुन् ।

यहाँ थप सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि सङ्क्रमणका थप व्यक्ति भेटिएका हुन् ।

चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ सङ्क्रमित देखिएका हुन् । अघिल्लो दिन अर्थात् मङ्गलबार यहाँ २३३ जना सङ्क्रमित पाइएकामा बुधबार ४०२ पुगेको हो ।

चीनभित्रै पनि यी सङ्क्रमितहरु बढ्न थालेका समाचारमा जनाइएको हो । यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा सङ्क्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा मात्र १६५ जना सङ्क्रमित पाइएको बताइएको छ ।

चीनमा पछिल्लो समयमा सङ्क्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । यहाँका सबैजसो नागरिकालाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । यहाँ बुधबारसम्ममा ४ हजार ६०० भन्दा बढी नागरिक कोरोना सङ्क्रमित भइ उपचार गराइरहेका बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?