logo
२०८१ बैशाख २३ आईतवार



संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न आह्वान

अन्तर्राष्ट्रिय |


संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न आह्वान


न्यूयोर्क, फागुन २७ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताका निम्ति पनि उहाँले आह्वान गर्नुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभामा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

रुस–युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेर्रेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्र सङ्घको स्थापना भएको पनि गुटेरेसले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?