काठमाडौं, फागुन ३० गते । युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग आमनेसामने वार्ताको पहल गर्न आफ्ना वार्ताटोलीलाई निर्देशन दिनुभएको छ ।
राजधानी किभ नजिक रुसी हमला तीव्र र पश्चिम युक्रेनमाथि पनि रुसी हमला शुरु भएपछि सोमबार आज बस्ने दुई देशबीचको वार्ता सो प्रस्ताव राख्ने उहाँले आफ्ना वार्ताटोलीलाई निर्देशन दिनुभएको अलजजिराले उल्लेख गरेको छ ।
दक्षिणपूर्वी बन्दरगाह शहर मेरिपोललाई घेराबन्दी गर्दै रुसी सेनाले विध्वंस मच्चाएपछि गैरसैनिक नागरिकलाई शहरबाहिर जान निकास दिनुपर्ने माग उहाँले राख्नुभएको छ ।
यसैबीच, दुई पक्षबीच हुने वार्तामा फसेका युक्रेनी गैरसैनिक नागरिकलाई सुरक्षित रुपमा देशबाहिर पठाउनका लागि सहज हुने बताइएको छ ।
आईसीआरसीले मानवीय निकासका लागि दुई पक्षबीच सहमति नभए मेरिपोलमा मानवीय सङ्कट भयावह हुने चेतावनी दिएको छ ।