logo
२०८१ मंसिर ७ शुक्रवार



दक्षिण कोरियामा एकैदिन तीन लाखभन्दा बढी कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियामा एकैदिन तीन लाखभन्दा बढी कोरोना सङ्क्रमित


सोल, फागुन ३० गते । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घण्टा यतामात्र तीन लाख नौ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका अधिकारीहरुले सम्भवतः यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको बताएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घण्टा यतामात्र तीन लाख नौ हजार ७९० जना कोरोना सङ्क्रमित देखिएका छन् ।

सो निकायका अनुसार अहिलेसम्म यहाँ ६८ लाखभन्दा बढी कोरोना सङ्क्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको सङ्ख्यामा सङ्क्रमित देखिने गरेका छन् । यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।

उनीहरुले नागरिकहरुले पूर्णमात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?