logo
२०८१ मंसिर ७ शुक्रवार



क्षेप्यास्त्र हमलामा किभमा एकजना नागरिकको मृत्यु र तीनजना घाइते

अन्तर्राष्ट्रिय |


क्षेप्यास्त्र हमलामा किभमा एकजना नागरिकको मृत्यु र तीनजना घाइते


काठमाडौं, फागुन ३० गते । राजधानी किभमाथि भीषण क्षेप्यास्त्र हमलामा परी कम्तीमा एकजना गैरसैनिक नागरिकको मृत्यु र तीनजना घाइते भएका छन् ।
युक्रेनको सरकारी टेलिभिजनका अनुसार रुसले प्रकार गरेको क्षेप्यास्त्र आवासीय भवनमा परेपछि सो दुर्घटना भएको हो ।

यसैबीच, युक्रेनको विपद सेवाका अनुसार दुईजनाको शव प्राप्त भएको र तीनजना घाइतेलाई अस्पतालमा पु¥याइएको छ ।

क्षेप्यास्त्र हमलापछि नौ तले भवनमा लागेको आगो निभाउन र गैरसैनिक नागरिकहरुको बाहिर निकाल्न अग्निनियन्त्रकका कर्मचारीहरुले भ¥याङ्ग प्रयोग गरेका छन् ।
रुसी हमलापछि अहिलेसम्म किभमा दुईजनाको ज्यान गएको आधिकारिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसैबीच, युक्रेन सरकारले विभिन्न शहरहरुमा फसेका एकलाख ४० हजार गैरसैनिक नागरिकहरुको सुरक्षित स्थानमा पु¥याएको जानकारी दिएको छ ।
दक्षिणपूर्वी बन्दरगाह शहर मेरिपोलबाट मात्र आंशिक युद्धविराम पटक पटक भए पनि मानवीय निकास अवरुद्ध हुँदै आएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?