काठमाडौं, चैत २ गते । युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीले युक्रेनमा नाटोको सदस्य हुनुहुन्न भन्ने चेतना बढेको बताउनुभएको छ ।
उहाँले बेलायतले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलसँग राजधानी किभमा बोल्नुहुँदै युक्रेनले नाटोमा सदस्य नहुने विषयमा अनुमोदन गर्न आवश्यक छ, भन्नुभयो ।
रुसी आक्रमणबाट बच्न अमेरिकी गठबन्धनको सैनिक संस्था नाटाेको सदस्य नबन्ने विषयलाई स्वीकार गर्नु उपयुक्त हुने उहाँले बताउनुभएको अलजजिराले उल्लेख गरेको छ ।
‘युक्रेन नाटोको सदस्य होइन, वर्षौंदेखि नाटोको सदस्य बन्न ढोका खुला रहेको हामीले सुन्थ्यौं, र हामीले त्यहाँ सदस्य हुनुहुन्न भन्ने पनि सुन्थ्यौं, यही सत्य रहेछ र यसैलाई हामीले स्वीकार गर्नुपर्छ ।’ राष्ट्रपति जेलेन्स्कीले प्रतिनिधिमण्डललाई भन्नुभयो ।
‘मेरा जनताले आफ्नैमा भर पर्नुपर्छ र हामीलाई सहयोग गर्ने पार्टनरहरु बारे बुझ्न थालेकाले मलाई खुसी लागेको छ ।’ उहाँले भन्नुभयो, ‘रुसी सेनाको हवाई हमलालाई परास्त गर्न ‘नो फ्लाई जोन’बारे पुनः अपिल गर्नुभयो ।