काठमाडौं, चैत ५ गते । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार मूर्त शान्ति र सुरक्षाको लागि विना ढिलासुस्ती शान्तिवार्तामा बस्न रुसलाई आग्रह गर्नुभएको छ ।
एकतर्फी हमला गरेर गल्ती स्विकार गर्दै थप क्षति हुनबाट बचाउने मौका सिर्फ रुसलाई भएको पनि उहाँले बताउनुभएकाे अलजजिराले उल्लेख गरेकाे छ।
एक भिडियो सम्बोधनमा बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘क्षति न्यूनिकरणको लागि गल्ती स्विकार्न रुसलाई मौका छ ।’
उहाँले थप गरेर भन्नुभयो, ‘अहिले शान्तिवार्ता गर्ने समय आएको छ, भेट्ने समय आएको छ, युक्रेनमा न्याय र राष्ट्रिय अखण्डता पुनर्बहाली गर्ने समय आएको छ । होइन भने रुसले आफ्नो क्षति पूर्ति गर्न धेरै समय लाग्नेछ ।’