logo
२०८१ मंसिर ७ शुक्रवार



अजोभ समुन्द्रमा अल्पकालीन पहुँच समाप्त भएको युक्रेनद्वारा स्वीकार

अन्तर्राष्ट्रिय |


अजोभ समुन्द्रमा अल्पकालीन पहुँच समाप्त भएको युक्रेनद्वारा स्वीकार


काठमाडौं, चैत ५ गते । अजोभ समुन्द्रमा आफ्नो अल्पकालीन पहुँच समाप्त भएको युक्रेनले स्वीकार गरेको छ । रूसले युक्रेनमाथि सैन्य हमला गरेकाे २४ दिन भएकाे छ ।

सो समुन्द्र युक्रेनको दक्षिणपूर्व, रुसको पश्चिम र सन् २०१४ मा अधीनस्थ गरेको युक्रेनी राज्य क्रिमियाको उत्तरपूर्वमा छ

युक्रेनी रक्षा मन्त्रालयका अनुसार रूसी सेनाले बन्दरगाह शहर मारियोपोलमा घेराबन्दीलाई कडाइ गरेपछि सो समुन्द्रको सम्पर्क टुटेको थियो ।

रूसी फौजले डोनेस्ट्क जिल्लालाई आफ्नो नियन्त्रणमा लिन सफल भएकाले युक्रेनको सो समुन्द्रमा पहुँच अल्पकालीन रुपमा समाप्त भएको युक्रेनी रक्षा मन्त्रालयको विज्ञप्तिमा भएको अलजजिराले उल्लेख गरेको छ ।

तर मन्त्रालयले युक्रेनी फौजले सो समुन्द्रमा पहुँच पुनः स्थापित गरेको वा कहिले गरेको भन्ने उल्लेख गरेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?