logo
२०८१ बैशाख १७ सोमवार



अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित

अन्तर्राष्ट्रिय |


अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित


लस एन्जलस, चैत ८ गते । अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन् । अमेरिकाको बालबालिका अस्पताल सङ्घले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ठूलो सङ्ख्यामा बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन् ।

“यसले बालबालिकाको स्वास्थ्यमा असर पार्नेछ भन्ने कुरालाई गम्भीर रुपमा लिनुपर्दछ, त्यसैले त्यसतर्फ बेलैमा ध्यान दिनुपर्दछ,” एक अधिकारीले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?