logo
२०८१ बैशाख १७ सोमवार



दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित


सोल, चैत ९ गते । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख २७ हजार २४७ पुगेको छ । कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार यसअघि तीन लाख ५३ हजार ९६८ नयाँ सङ्क्रमित थपिएका थिए ।

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरसका कारण सङ्क्रमितको सङ्ख्या यसरी अत्यधिक बढेको अधिकारीहरुको भनाइ छ । नयाँ सङ्क्रमितमध्ये एक लाख एक हजार १३३ जना राजधानी सोलका मात्रै रहेको अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमित भएकामध्ये एक हजार ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २० जनाले कम भएको पनि अधिकारीहरुको भनाइ छ । पछिल्लो एक दिनमा कोरोनाका कारण २९१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या १३ हजार ४३२ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?