logo
२०८१ जेष्ठ ५ शनिवार



रुसी सेना प्रतिरक्षात्मक स्थितिमा राजधानी किभ बाहिर धकेलियाे: अमेरिका

अन्तर्राष्ट्रिय |


रुसी सेना प्रतिरक्षात्मक स्थितिमा राजधानी किभ बाहिर धकेलियाे: अमेरिका


काठमाडौं, चैत १० गते । रुसी सेना प्रतिरक्षात्मक स्थितिमा राजधानी किभभन्दा बाहिर रहेको अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले बताउनुभएको छ । रुसी थल सेना राजधानी किभमा आउन प्रयास गरे पनि युक्रेनी सेनाको प्रतिरोधले करिब १५ देखि २० किलोमिटर पर तैनाथ हुन बाध्य भएको अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले बताएको अलजजिराले उल्लेख गरेको हो ।

‘रुसी सेना अहिले ती इलाकामा मोर्चाबन्दी गरेर बसिरहेका छन्,’ नाम नबताउने शर्तमा ती अधिकारीले भन्नुभयो, ‘त्यसैले तिनीहरु अगाडि बढिरहेको छैन भन्न सकिँदैन, उनीहरु वास्तविक रुपमा तत्काल अगाडि बढ्न खोजेका छैनन् ।’

किभका पूर्वी क्षेत्रमा युक्रेनी फौजले रुसी सेनालाई पछाडि धकेल्न सफल भएका छन् । अधिकारीकी अनुसार पूर्वमा किभभन्दा २० देखि ३० किलोमिटर र उत्तरपूर्वमा ५५ किलोमिटर टाढा रुसी सेना धकिलिएका हुन् ।

यस्तै, बीबीसीका अनुसार किभ वरपर छरिएर मोर्चाबन्दीमा रहेका रुसी सेनालाई युक्रेनी सेनाद्वारा घेराबन्दी गर्न सकिनेछ । लामो समयसम्म राजधानी किभको भित्री शहरमा प्रवेश गर्न असमर्थ भएर मनोबल गिरेका रुसी सेना युक्रेन र रुस सीमातिर फिर्ता भैरहेको युक्रेनी अधिकारीहरुले दावी गरेका छन् । सो समाचार बीबीसीले स्वतन्त्र रुपमा पुष्टि गर्न असमर्थ रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?