logo
२०८१ बैशाख १७ सोमवार



नेटोले युरोपमा थप सैनिक पठाउने

अन्तर्राष्ट्रिय |


नेटोले युरोपमा थप सैनिक पठाउने
फोटो : फाइल


ब्रसेल्स, चैत १० गते । उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोले पूर्वी युरोपमा थप सैन्य पठाउने जानकारी गराएको छ । नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवतः नेटो आबद्ध राष्ट्रहरुले यसलाई सहमति प्रदान गर्ने बताउनुभयो ।

नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको आफ्नो विचार व्यक्त गर्नुभयो ।

उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभयो, मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामी प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रहरुले यसलाई समर्थन गर्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?