logo
२०८१ जेष्ठ ५ शनिवार



डिनिप्रो शहरकाे युक्रेनी सैनिक अखडामा दुईवटा क्षेप्यास्त्र हमला

अन्तर्राष्ट्रिय |


डिनिप्रो शहरकाे युक्रेनी सैनिक अखडामा दुईवटा क्षेप्यास्त्र हमला
डिनिप्रो शहरमा भएकाे क्षति


काठमाडौं, चैत ११ गते । रुसी फौजले डिनिप्रो शहरमा रहेका युक्रेनी सैनिक अखडामा दुईवटा मिसाइल (क्षेप्यास्त्र) हमला गरेको छ ।
युक्रेनको चौथौ ठूलो शहर डिनिप्रोमा भएको हमलामा भवनहरु ध्वस्त भएको र आगो लागेको क्षेत्रीय विपद् सेवाले जानकारी दिएको हो ।

उक्त हमलामा परी हताहतीबारे विवरण आउन बाँकी छ । डिनिप्रो शहर सन् २०१४ देखि रुस समर्थित युक्रेनी विद्रोहीको कब्जामा रहेको लुहान्स्क र डोनेत्सकको पश्चिम क्षेत्रमा पर्दछ । 

पछिल्लो पटक ११ दिन अघि रुसले दुईवटा क्षेप्यास्त्र आक्रमण गरेपछि डिनिप्रो शहरमा रहेको विमानस्थल क्षति भएको थियो ।
अलजजिराका अनुसार स्वतन्त्र रुपमा यस हमलाबारे पुष्टि हुन बाँकी छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?