logo
२०८१ जेष्ठ ५ शनिवार



चारलाख दुई हजार युक्रेनी जनता रुसकाे शरणमा

अन्तर्राष्ट्रिय |


चारलाख दुई हजार युक्रेनी जनता रुसकाे शरणमा
रूसी सेनाकाे कब्जामा रहेकाे मारियाेपाेलमा युक्रेनी जनता र रूसी ट्ंयाक्क


काठमाडौं, चैत ११ गते । आफ्ना नागरिकलाई जबर्जस्ती रुसमा लगेको युक्रेनले आरोप लगाएको छ ।
द्वन्द्वग्रस्त इलाकाबाट करिब चारलाख दुई हजार युक्रेनी जनतालाई रुसमा लगेको आरोप लगाएको हो ।

युक्रेनका अनुसार युक्रेनमा लगिएका युक्रेनी जनतालाई राजधानी किभमाथि दबाब दिन प्रयोग गर्न सक्ने विषयमा आशङ्का गरिएको छ ।
लगिएका युक्रेनी जनतामा ८४ हजार बालबालिका रहेको बताइएको बीबीसीले उल्लेख गरेको छ ।

रुसले सोही सङ्ख्यामा युक्रेनी शरणार्थी रुसमा प्रवेश गर्न चाहेकाले प्रवेशाज्ञा दिएको दाबी गरेको छ ।
युक्रेनको पूर्वी क्षेत्रका युक्रेनी विद्रोहीहरुले कब्जा गरेको क्षेत्रमा रुसीभाषा बोल्ने युक्रेनी जनताको बाहुल्य छ ।

ती विद्रोहीहरु मस्कोसँग प्रत्यक्ष रुपमा सम्पर्कमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?