logo
२०८१ बैशाख २३ आईतवार



रूस युक्रेनबीच इस्टानबुल डोल्माबाह्से प्यालेसमा शान्तिवार्ता हुने

अन्तर्राष्ट्रिय |


रूस युक्रेनबीच इस्टानबुल डोल्माबाह्से प्यालेसमा शान्तिवार्ता हुने


काठमाडौं, चैत १५ गते । एकमहिना भन्दा लामो युद्धलाई अन्त्यको प्रयास स्वरुप मंगलबार टर्कीको राजधानी इस्तानबुलमा त्रिपक्षीय वार्ता हुने भएको छ ।

स्थानीय समयअनुसार साढे दशबजे राजधानीको डोल्माबाह्से प्यालेसमा शान्तिवार्ता हुने युक्रेनको युक्रेनफम समाचार एजेन्सीले बताएको हो ।
शान्तिवार्ता गर्न रुस र युक्रेनका वार्ताकारहरु टर्कीमा पुगिसक्नुभएको छ ।

एजेन्सीका अनुसार शान्तिवार्तामा बस्नुअघि वार्ताकारहरुले टर्कीका राष्ट्रपति रिसेप तयेप इर्डाेगानसँग छलफल गर्नेछ ।
शान्तिवार्तामा युक्रेनले प्रमुख मुद्दाको रुपमा युद्धविरामलाई महत्वको साथ उठाउने भएको छ ।

युक्रेनी विदेशमन्त्री डिमेत्रो कुलेबाले किभको प्रमुख लक्ष्यको रुपमा युद्धविरामका सम्झौतालाई लिएको बताउनुभएको अलजजिराले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?