logo
२०८१ बैशाख २३ आईतवार



टर्कीका राष्ट्रपतिद्वारा रुस –युक्रेन युद्ध अन्त्य गर्न आग्रह

अन्तर्राष्ट्रिय |


टर्कीका राष्ट्रपतिद्वारा रुस –युक्रेन युद्ध अन्त्य गर्न आग्रह



काठमाडाैं, चैत १५ गते । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई  युद्ध अन्त्य गर्नु आग्रह गर्नुभएकाे छ ।

इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित शान्तिवार्ताले युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको सीएनएनले उल्लेख गरेकाे छ ।

सोमबार टर्की पुगेका दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनुअघि भएकाे भेटमा उहाँले अन्तरराष्ट्रिय समुदायलाई स्वीकार्य समाधानमा पुग्न सम्भव भएकाे बताउनुभएकाे हाे ।

'यस त्रासदीको अन्त्य गर्ने दुई पक्षमा निर्भर छ', उहाँलेले जोड दिँदै भन्नुभयाे, 'द्वन्द्वको निरन्तरता कसैको हितमा छैन।' यस वार्ताबाट ठाेस निचाेड निकाल्न उहाँले दुवै पक्षसँग अनुराेध पनि गर्नुभएकाे छ ।

दुवै देशका नेताहरूकाे निर्देशन बमाेजिम भएकाे यस वार्ताबाट युद्धविराम गर्दै शान्ति स्थापना गर्न उहाँले जाेड दिनुभयाे ।

यसअघि शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति एर्दोगानले छमा चारवटा विषयमा सहमति भैसकेकाे बताउनुभएकाे थियाे ।

युक्रेन नाटाेमा सामेल नहुने र युक्रेनमा रूसी भाषाकाे मान्यतामा सहमति भैसकेकाे छ । युक्रेनका राष्ट्रपति भाेलाेडिमिर जेलेन्स्कीले संविधान संशाेधन गर्नुपर्ने विषयमा एक्लेले निर्णय गर्नेभन्दा जनमत संग्रह गर्ने बताउनुभएकाे थियाे ।

टर्कीले मार्च १० मा युक्रेन र रुसी विदेश मन्त्रीहरू बीचको पहिलो बैठक दक्षिणी टर्कीको शहर अन्टाल्यामा एक अन्तरराष्टिय गाेष्ठीपछि आयोजना गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?