logo
२०८१ बैशाख २३ आईतवार



सवारी साधन दुर्घटना हुँदा अमेरिकामा तीनको मृत्यु

अन्तर्राष्ट्रिय |


सवारी साधन दुर्घटना हुँदा अमेरिकामा तीनको मृत्यु


वासिङ्टन, चैत १५ गते । अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहान १०:३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा कार, ट्रक, ट्याक्टर लगायतका झण्डै ६० सवारी साधन परेका थिए । हिउँ आँधीका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा परी अरु २० जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?