logo
२०८१ बैशाख २४ सोमवार



डोनेत्स्क रुसमा विलय हुनसक्ने विद्राेही नेताकाे भनाइ

अन्तर्राष्ट्रिय |


डोनेत्स्क रुसमा विलय हुनसक्ने विद्राेही नेताकाे भनाइ



काठमाडौं, चैत १६ गते । पूर्वी युक्रेनको डोनेत्स्क जनगणतन्त्रले रुसमा विलय गर्ने विषयमा तयारी गरेको बताइएको छ ।
सन् २०१४ देखि रुसी भाषी युक्रेनी विद्रोहीको नियन्त्रणमा रहेको त्यस क्षेत्रसहित लुहान्स्कलाई पनि रुसले हालै स्वतन्त्र राष्ट्रको मान्यता दिएको हो ।

डोनबास क्षेत्रमा रहेको डोनेत्स्क र लुहान्स्क क्षेत्रलाई युक्रेनको नियन्त्रणमा लिनका लागि युक्रेनी सेना र विद्रोही सेनाबीच निरन्तर रुपमा हिंसात्मक लडाइँ भैरहेको छ । पूर्वी युक्रेनको अखण्ड डोनेत्स्कलाई पूर्णरुपमा नियन्त्रणमा लिएपछि रुसमा विलय हुने विद्रोही नेता डेनिस पुसिलिनले बताउनुभएको स्थानीय समाचारलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

‘गणतन्त्र डोनेत्स्कको संवैधानिक सिमाना निर्धारण गर्नु मुख्य कार्यभार बनको छ , त्यसपछि हामी रुसमा विलय हुने हो ।’ पुसिलिनको भनाइ राख्दै डोनेत्स्क समाचार समितिले प्राथमिकताका साथ समाचार छापेको छ ।

रुसले यसअघि सन् २०१४ मा दक्षिण युक्रेनी भूभाग क्रिमिया द्वीपको प्रदेश सरकारको संसदले बहुमतका साथ युक्रेनबाट स्वतन्त्र राष्ट्रको रुपमा घोषणा गर्दै रुसमा विलय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?