logo
२०८१ बैशाख २४ सोमवार



युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा आक्रमण हुँदा १२ को मृत्यु, ३३ घाइते

अन्तर्राष्ट्रिय |


युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा आक्रमण हुँदा १२ को मृत्यु, ३३ घाइते
फाइल फाेटाे


किभ, चैत १६ गते । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन् ।

युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मङ्गलबार जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ८.४५ मा हवाई आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । आक्रमणका कारण झण्डै नौ भवनमा क्षति पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।

घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?