logo
२०८१ बैशाख २२ शनिवार



दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला

अन्तर्राष्ट्रिय |


दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला


नानिङ, चैत १७ गते । दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४० हजारभन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले भग्नावशेषका अधिकांश टुक्राहरू क्रमबद्ध र थप परीक्षणका लागि भण्डारण स्थलमा सारिएको बताए । करिब एक करोड वर्गमिटर वरिपरि खोजी कार्य जारी राखिएको थियो ।

खोज तथा उद्धारकार्यमा २१६ दमकल र १६ वटा ड्रोन लगायतका उपकरण प्रयोग गरिएको थियो । कुनमिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान दिउँसो २:३८ बजे गुआङ्सीको टेङ्सिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । मार्च २१ मा १२३ यात्रु र नौ चालक दलका सदस्यसहित जहाजमा रहेका सबै १३२ जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?