logo
२०८१ बैशाख १४ शुक्रवार



अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : राष्ट्रसङ्घ प्रमुख

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : राष्ट्रसङ्घ प्रमुख
सांकेतिक तस्बिर


न्यूयोर्क , चैत १८ गते । अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताउनुभएको छ ।

गुटरेसले ट्वीटरमा लेख्नुभएको छ–अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लागि दाताहरूलाई सहयोगका निम्ति आह्वान गर्नुभएको छ । ‘विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ । नब्बे लाख मानिसहरू भोकमरीको जोखिममा छन् । अर्थव्यवस्था ध्वस्त भएको छ ।’

गतवर्ष अगस्टमा अफगान सरकारको पतन र तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवअधिकारको अवस्था नाजुक भएको छ । देशमा द्वन्द्व समाप्त भए पनि मानवअधिकारको गम्भीर उल्लङ्घन जारी छ ।

तालिबानले गैरन्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र केटीहरूको अधिकारको ठूलो रोलब्याक, सेन्सरशिप र मिडियाविरुद्ध आक्रमणहरू सहित मानवअधिकार उल्लङ्घनहरू जारी राखेको छ ।

यसबाहेक अफगानिस्तानका मानिसहरूले पनि अभूतपूर्व मानवीय सङ्कटको सामना गरिरहेका छन् जुन अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी अमेरिकाले अफगानिस्तानलाई सहायता कोष र विश्वव्यापी वित्तीय प्रणालीमा पहुँच गर्नबाट रोकेको निर्णय यथावत् छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?