logo
२०८१ बैशाख १४ शुक्रवार



मलेसियाका राजा–रानी कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


मलेसियाका राजा–रानी कोरोना सङ्क्रमित


क्वालालम्पुर, चैत १९ गते । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका छन् । उहाँहरूमा हल्का लक्षणहरू देखिएको छ ।

शाही दम्पती अहिले आइसोलेसनमा हुनुहन्छ । शुक्रबार मध्यरातसम्म १७,४७६ नयाँ कोभिड–१९ सङ्क्रमण देखिएपछि राष्ट्रिय कुल सङ्ख्या ४,२१९,३९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै थप ३० जनाको मृत्यु भइसकेको छ, जसले देशको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३५,०१३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?