logo
२०८१ बैशाख १४ शुक्रवार



पाकिस्तानका विधायकबीच झडप

अविश्वासको प्रस्तावमाथिको मतदान फेरि स्थगित

अन्तर्राष्ट्रिय |


पाकिस्तानका विधायकबीच झडप


इस्लामावाद, चैत २६ गते। पाकिस्तानका विधायकहरूले शनिबार राष्ट्रिय सभामा आक्रोशित भएर झडप गरेका छन्। विपक्षीले सत्तारुढ दलका सदस्यले अविश्वासको मत भन्दा अगाडि समय खेर फालेको आरोप लगाएका छन्। उनीहरूले मतदान प्रधानमन्त्री इमरान खानको पक्षमा नआउने देखेपछि सरकारले आफ्नो पार्टीबाट नियुक्त अधिकारीलाई गलत मनसायका लागि प्रयोग गरी मतदानलाई लम्ब्याएको आरोप विपक्षी नेताले लगाएका छन्।

विदेशमन्त्री कुरेसीले आफ्नो दलको तर्फबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफू लाग्नु राजनीतिक जिम्मेवारी भएको बताउनुभएको छ। शनिबार अपरान्ह दोस्रो पटक मतदान कार्यक्रम स्थगन गरिएको हो। रमजान व्रत तोडेपछि विधायकलाई साँझमा फर्कन भनिएको छ।

झडपका समय संसदमा उपस्थित नभएका खानले ३४२ सिटको विधानसभामा गठबन्धन साझेदार र आफ्नै पार्टीका सदस्यहरूको कार्यक्षमता तथा गलत कामका कारण आफ्नो बहुमत गुमाएका छन्। उनलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक छ।

एजेण्डामा नयाँ प्रधानमन्त्रीको लागि कुनै मत छैन। यद्यपि पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का नेता शेहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा गरिएको छ। बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण जसले आफ्नो जिम्मेवारी सम्हाल्छ उसलाई खानलाई जस्तै सङ्कटले पिरोल्ने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?