सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेनाले काबुल छोडे
गोरखापत्र अनलाइन
भाद्र १५, २०७८ मंगलवार
अमेरिकी सेनाको अन्तिम सैन्य विमान काबुल विमानस्थलबाट उडान भरे लगत्तै अफगानिस्तानमा दुई दशकसम्म रहेको अमेरिकाको उपस्थिति अन्त्य भएको छ । अधिकारीहरुले सी १७ विमानले अमेरिकी राजदूतलाई लिएर मंगलबार अबेर राति अमेरिका फर्केको बताएका छन्।
अमेरिकी बर्हिगमन प्रकृया अन्तगर्तको अन्तिम विमान काबुल विमानस्थल छोड्दा तालिबान लडाकूले हवाई फायरिङ गरेर उत्सव मनाएका छन् । १४ अगष्टमा तालिबान बिद्रोही काबुल प्रबेश गरेदेखि अमेरिका...