रुसी पेट्रोलियम पदार्थमाथि अमेरिका, बेलायत र युराेपेली सङ्घकाे प्रतिबन्ध
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७८ बुधबार
अमेरिका र युरोपेली सङ्घले रुसमाथि थप आर्थिक नाकाबन्दी लगाएका छन् ।
रुसले युक्रेनमाथि भिषण आक्रमण गर्ने थालेपछि युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीको अनुरोधमा रुसमाथि थप आक्रमण लगाइएको हो । युरोपमा पठाउँदै आएको ग्यास र पेट्रोल रुसले नपठाउने चेतावनी दिएपछि अमेरिका र बेलायतले कटौती गर्ने बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्यास र पेट्रोलको आयातमा प्रतिबन्ध लगाइसक्नु भएको छ ।