रुसी विदेशमन्त्री लाभ्रोभ र युक्रेनी समकक्षी कुलेबाबीच भाेलि टर्कीमा भेटवार्ता हुने
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७८ बुधबार
रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभ र युक्रेनी समकक्षी डिमिट्रो कुलेबाबीच टर्कीमा भाेलि भेटवार्ता हुने भएको छ । युक्रेनमाथि रुसी सेनाले आक्रमण गरेपछि दुई देशका उच्चस्तरीय अधिकारीबीच पहिलो पटक भेटवार्ता हुन गएको रुसी विदेश मन्त्रालयले पुष्टि गरेको हो । लाभ्रोभले एन्टालियमा हुने अन्तराष्ट्रिय कुटनीतिक फोरममा भाग लिन त्यहाँ पुग्नु हुँदा दुई देशका समकक्षीबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ ।