रुसी क्षेप्यास्त्र बाल अस्पतालमा खसेपछि संयुक्त राष्ट्र सङ्घद्वारा विरोध
गोरखापत्र अनलाइन
फाल्गुन २६, २०७८ बिहीबार
संयुक्त राष्ट्र सङ्घले रुसी सेनाको हमलामा बाल अस्पतालमा क्षेप्यास्त्र खसेपछि विरोध गरेको छ । केही दिनदेखि घेराबन्दीमा परेको पूर्वीदक्षिण युक्रेनमा पर्ने तटीय शहर मारियोपोलमा रहेको गैरसैनिक इलाकामा रुसी सेनाको हमला भैरहेकोप्रति राष्ट्र सङ्घले निन्दा गर्दै आएको हो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले असंवेदनशील हिंसा अन्त्य गर्नुपर्ने धारणा राख्दै गैरसैनिक इलाकामा भएका हमलाको निन्दा गर्नुभएको...