logo
२०८१ बैशाख ५ बुधवार

मानवीय रुटमार्फत बाहिरिँदै, बीस लाखले छाडे युक्रेन (फाेटाे फिचर)

अन्तर्राष्ट्रिय |
विदेश |
फोटो फिचर |


2022-03-09-59488



काठमाडौं, फागुन २५ गते । युक्रेनमाथि रुसले भीषण आक्रमण गर्न थालेपछि विभिन्न शहरमा फसेका गैरसैनिक नागरिकहरु दुवै देशको सहमतिमा छिमेकी देशहरुमा जान थालेका छन् ।

पटक पटक आंशिक रुपमा दुवै तर्फबाट भएका युद्धविरामहरु भङ्ग भए पनि राजधानी किभ नजिक रहेको पश्चिमी शहर इर्पिन र युक्रेनको उत्तरी शहर सुमीबाट नागरिकहरुको उद्वार गरिएको छ ।

युक्रेनी सरकारका अनुसार सुमीबाट पाँचहजार गैरसैनिक नागरिकहरु शहर छोडेर पश्चिमतिर लागेका छन् । यसैबीच, संयुुक्त राष्ट्र सङ्घका अनुसार आक्रमण भएको १३ औं दिनसम्म युक्रेनबाट करिब बीसलाख मानिस रुस, बेलारुससहित छिमेकी देशमा शरण लिन पुगेका छन् । सबैभन्दी बढी छिमेकी देश पाेल्याण्डमा पुगेका छन् । 

राजधानी किभ र विभिन्न शहरबाट नागरिकहरुलाई सुरक्षित रुपमा बनाइएका रुटबाट बाहिर पठाउन रुस तयार रहेको बताइएको छ ।दक्षिणपूर्वी शहर मेरिपोलमा भने युद्धविराम भङ्ग भएकाले सो कार्य कठिन रहेको अलजजिराले उल्लेख गरेका छ ।

युक्रेन सरकारले युद्धविरामलाई बेवास्ता गर्दै मेरिपोलको रुटमा रुसी सेनाले बमबारी गरेको आरोप लगाउँदै आएको छ । फाेटाे र समाचार स्राेत–बीबीसी, सीएनएन, अलजजिरा