भारतमा ६.१ म्याग्निच्युडको भूकम्प
भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ । स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।
भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ । सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ ।
जीप दुर्घटनामा चालक र सहचालकको मृत्यु
बिरुवा गाउँपालिकामा ३ धोबादीमा बोलेरो जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । यहाँ ग१झ ५९३९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा बिरुवा ३ कै जीप चालक २७ वर्षीय बेल बहादुर थापा र सहचालक २० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो । बिरुवा बजारमा सुत्केरी छाडेर धोबादी फर्कने क्रममा मोडबाट तल झरेको हो ।
अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या नाै लाख नाघ्यो
जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९,००,००० नाघेको छ।
पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु
पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ।